काठमाण्डौ । ह्वाट्सएपले एन्ड्रोइड, एप्पल आईओएस, विन्डोज र वेब प्रयोगकर्ताका लागि थुप्रै नयाँ फिचरहरु ल्याउनका लागि काम गरिरहेको छ। ह्वाट्सएपमा आउने नयाँ फिचर र बदलाव ट्रयाक गर्ने डब्ल्यूएबेटाइन्फोले नयाँ फिचरहरु ल्याउन लागेको विषयमा जानकारी गराएको हो। यीमध्ये धेरै फिचर ह्वाट्सएप बिटा प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध छन्। जुन छिट्टै आमप्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।

यस्ता छन् ह्वाट्सएपले ल्याउन लागेको १० नयाँ फिचर

१. ग्रुप एडमिनले  अन्य प्रयोगकर्ताले पठाएका म्यासेज हटाउन सक्ने 

ह्वाट्सएप ग्रुप एडमिनका लागि नयाँ च्याट सुविधामा काम गरिरहेको छ। यो फिचर आएमा ह्वाट्सएप ग्रुप एडमिन बिना जानकारी जोकोहीको म्यासेज डिलिट गर्न सक्षम हुनेछन्। त्यसपछि प्रयोगकर्ताले एउटा सन्देश पाउनेछन्। सन्देशमा ‘यो म्यासेजलाई एडमिनले हटाइदिएको छ’ भन्ने उल्लेख हुनेछ। 

२. ह्वाट्सएप वेब र डेस्कटपका लागि २–चरणको प्रमाणीकरण

डेस्कटप र वेब प्रयोगकर्ताका लागि नयाँ सुरक्षा सुविधा ल्याउने योजनाहरु छन्। ह्वाट्सएपले वेब र डेस्कटपमा दुई–चरण प्रमाणीकरण ल्याउन सक्छ। दुई–चरण प्रमाणीकरण एक वैकल्पिक सुविधा हो। जसले तपाइँको ह्वाट्सएप खातालाई अझ सुरक्षित बनाउँछ। दुई–चरण प्रमाणीकरण पिन तपाइँले एसएमएस वा फोन कलमार्फत प्राप्त गर्नुभएको ६ अंकको प्रमाणीकरण कोडभन्दा फरक हुनेछ। तपाइँले आफ्नो ह्वाट्सएप खातामा लग इन गर्दा यो आवश्यक हुन्छ र अनाधिकृत पहुँच रोक्न मद्दत गर्दछ। यो सुविधा हाल ह्वाट्सएप मोबाइल एपमा उपलब्ध छ।

३. इन्स्टाग्राम र फेसबुक मेसेन्जरजस्तै म्यासेज रियाक्सन फिचर सुविधा

ह्वाट्सएपले इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा उपलब्धजस्तै म्यासेज रियाक्सन फिचर ल्याउन लागेको छ। यो सुविधाले प्रयोगकर्तालाई म्यासेजमा रियाक्ट गर्ने सुविधा दिनेछ। प्रयोगकर्ताले आफूले रियाक्ट गर्न चाहेको म्यासेजा ट्याप गरेर होल्ड गर्नुपर्छ र आफ्नो औँला त्यो इमोजीमा राख्नुपर्छ। रियाक्ट पाठको तल देखा पर्नेछ र ग्रुपका सबै सदस्यले देख्न सक्नेछन्।

४. नयाँ एनिमेटेड इमोजी

ह्वाट्सएपले एन्ड्रोइड र एप्पल आईओएस प्रयोगकर्ताका लागि नयाँ एनिमेटिङ हार्ट इमोजीमा काम गरिरहेको छ। अहिले जब प्रयोगकर्ताले रेड हार्टवाला इमोजी पठाउँछन्, तब उनीहरुले एनिमेटेड मुटुको धड्कन देख्छन्। अहिले यो रेड कलरको हार्ट इमोजीमा सीमित छ। तर डब्ल्यूएबेटाइन्फोको नयाँ रिपोर्टले प्लेटफर्ममा थप इमोजीहरुमा एनिमेटेड इफेक्ट थप्न काम गरिरहेको छ।

५. कम्युनिटी ग्रुप च्याट फिचर 

कम्युनिटीफिचर ग्रुप एडमिनलाई थप नियन्त्रण दिनेछ। यो सुविधाले ग्रुपभित्र ग्रुप बनाउने अप्सन दिनेछ। यो धेरै हदसम्म अम्ब्रेला डिस्कार्ड कम्युनिटीजस्तो हुनेछ। 

६. कन्ट्याक्ट इफोर्मेसन सेक्सनमा सर्च सर्टकट सुविधा

ह्वाट्सएप कम्पनीले रिडिजाइन गरेको कन्ट्याक्ट इन्फोर्मेसन सेक्सनमा एएटा नयाँ सर्च सर्टकट सुविधा ल्याउने योजना बनाइरहेछ। नयाँ सर्च सर्टकट भिडियो कल आइकन अगाडि हुनेछ। प्रयोगकर्ताले ग्रुप इन्फो सेक्सनमा पनि नयाँ सर्टकट देख्न पाउनेछन्। यो सर्च बटम एपको होमस्क्रिनमा हुनेछ। प्रयोगकर्ताले यो फिचरको प्रयोग गरेर कुनै पनि म्यासेज सर्च गर्न सक्नेछन्। 

७. ह्वाट्सएप स्ट्याटस हेर्नबाट रोक्न

नयाँ ह्वाट्सएप सर्टकटले प्रयोगकर्ताको स्ट्याटस प्राइभेसी सेटिंग्सको म्यानेज गर्नेछ। नयाँ सर्टकटले नयाँ क्याप्सन बारका साथ काम गर्नेछ। सर्टकटले ती प्रयोगकर्तालाई लिस्टको एडिट गर्ने अनुमति दिन्छ, जसले सेयर गरिएको आफ्नो स्ट्याटस अपडेट हेर्न सक्छन्। सर्टकटका साथै प्रयोगकर्ताहरुले छिटै ह्वाट्सएप कन्ट्याक्ट पनि चयन गर्न पाउनेछन्। 

८. सेयर गरिएका फोटो र भिडियोहरुको रिभ्यू गर्न

ह्वाट्सएपले च्याटमा सेयर गरिएका डकुमेन्टहरुका लागि एउटा रिभ्यू गर्ने योजना पनि बनाइरहेको छ। अहिले प्रयोगकर्ताले कुनै डकुमेन्टका रुपमा पठाइएको फोटो वा भिडियो नखोली हेर्न पाउँदैनन्। रिभ्यू त्यस्तै हुनेछ। प्रयोगकर्ताले पीडीएफ फाइल ह्वाट्समा डकुमेन्टका रुपमा सेयर गरेपछि मात्रै हेर्न पाउनेछन्। 

९. एकै समयमा च्याट र स्ट्याटसमा एउटामात्रै फोटो वा भिडियो सेयर गर्न मिल्ने

ह्वाट्सएपले एक नयाँ फिचरमा काम गरिरहेको छ। जसले प्रयोगकर्तालाई विभिन्न च्याट वा ग्रुपसँग सिंगल विन्डोमा आफ्नो ह्वाट्सएप स्ट्याटस सेयर गर्न दिनेछ। यदि प्रयोगकर्ताले आफ्नो स्ट्याट्समा र एकभन्दा बढी च्याटका साथ सिंगल मिडिया फाइल सेयर गर्न चाहन्छन् भने यसलाई अलग गर्न आवश्यक हुनेछ। यो फिचरका साथ प्रयोगकर्ताले थप अनिरिक्त फङ्सनका साथ रिडिजाइन गरिएको क्याप्सन देख्न पाइनेछ। च्याट, ग्रुप वा स्ट्याटस सेक्सनमा रहेको क्यामेरा आइकनमा ट्याप गरेर प्रयोगकर्ताले आफूले सेयर गर्न चाहेका विकल्पहरु चयन गर्न सक्नेछन्।

१०. भ्वाइस कलहरुका लागि नयाँ इन्टरफेस

ह्वाट्सएप ग्रुप भ्वाइस कल गर्दा देखिने एप विन्डोको डिजाइन परिवर्तन गरिरहेको छ। प्लेटफर्मले ग्रुप कलको समयमा सबै मानिसका लागि भ्वाइस वेबफर्महरु थप्दैछ। भ्वाइस वेबफर्महरु भ्वाइस नोटमा देखिने जत्रै हुनेछन्। – एजेन्सी