काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। 

जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो संकेत गरेका हुन्। ‘मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ, यसबारे दलहरुबीच छलफल भइरहेको छ’, उनले भने।

अध्यक्ष दाहालले केही मन्त्रालयमा हेरफेर र केहीमा नयाँ आउने सम्भावना रहेको पनि बताए। ‘मन्त्रिमण्डल पुनर्गठन हुँदा हाम्रो पार्टीको सहभागिता सम्माजनक रहेछ’, उनले भने, ‘यस विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भएको छ, उहाँ पनि सकारात्मक हुनुहुन्छ।’

अध्यक्ष दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता पनि भएको थियो।