काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। 

सेबोनले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै सीवाईसीले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको ३२.५० प्रतिशतबराबर हुन आउँछ।

सीवाईसीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

यसैगरी रिभर फल्सले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको ४९ प्रतिशतबराबरको हुनेछ। 

रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।