काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल श्रीलंका हुन्छ भनेर अफवाह फैलाइएको दाबी गरेका छन् ।
'देश श्रीलंका हुन्छ भनेर अफवाह फैलाइएको छ ।' यो राष्टघात हो । उनले भने-'श्रीलंका बनाउनतर्फ किन उहाँहरुको चासो भइरहेको छ ? मलाई अचम्म लाग्छ ।'
उनले आज(सोमबार) पनि सरकारको टेजरीमा ६७ अर्ब रुपैयाँ रहेको र अवस्था हल्ला गरिएजस्तो नरहेको दाबी समेत गरे ।
उनले ४० करोड प्रकरणमा जोडिएका पृथ्वी शाहलाई आफूले नचिन्ने दाबी समेत गरे । 'समस्यामा परेपछि मन्त्रालयमा सबै आउँछन्, गेट बन्द गर्ने चलन छैन । सबै नागरिक आउन पाउँछन् । अन्यायमा परेको भन्दै निवेदन धेरै आउँछन्, त्यस्ता निवेदन सम्बन्धित महाशाखामा पठाउने गरेको छु ।' शर्माले भने-'पृथ्वी शाह पनि त्यसैगरी आएका रहेछन् । रुँदै म अन्यायमा परेँ भनेर आएको व्यक्तिको समस्या के हो बुझिदिनुस् भनेको हुँ । यसैलाई ठूलो इस्यू बनाइयो ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago