काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुनसम्मत भएको बताएका छन्।

आज अर्थ मन्त्रालयमा आयोजित ‘देशको अर्थतन्त्रको वर्तमान अवस्था’ बारे सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा अर्थमन्त्री शर्माले  गभर्नरमाथि गरिएको कारबाही कानुनसम्म भएको बताएका हुन्। उनले गभर्नरलाई निलम्बन गरी छानबिन गर्न कमिटी गठन गरिएको जानकारी दिए। ‘कमिटीले छानबिन गरी एक महिनाभित्र प्रतिवेदन तयार गरेपछि धेरै कुरा प्रस्ट हुनेछ’, उनले भने। 

कमिटीले छानबिन गरिरहेकोले गभर्नरमाथि लागेका आरोपका विषयमा आफूले धेरै नबोल्ने अर्थमन्त्री शर्माले बताए। 

कोभिडका बेला सहुलियतपूर्ण कर्जा प्रवाहलाई जोड दिइए पनि त्यस्तो कर्जा कुन क्षेत्रमा गयो भन्ने विषयमा राष्ट्र बैंकले खासै चासो नदिएको शर्माले बताए। ‘मैले अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे पटकपटक चासो राख्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘कर्जा नियन्त्रण त राष्ट्र बैंकले गर्ने हो नि।’