काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण पुनरावलोकन गरेको छ।
नेप्सेको आज वैशाख १४ गतेको निर्णयबमोजिम सूचीकृत संगठित संस्थाको वर्गीकरणमा पुनरावलोकन गरिएको हो। जसअनुसार ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ समूहमा राखेको छ।
यसअघि गत चैत ६ गते गरिएको वर्गीकरणमा यी दुवै कम्पनीलाई नेप्सेले ‘जेड’ समूहमा राखेको थियो।
गत चैत ६ गते कम्पनीहरुको वर्गीकरण सार्वजनिक गर्दै नेप्सेले ३५ दिनभित्र आफू उक्त वर्गीकरणमा पर्नुपर्ने दाबीसहितको आवेदन माग गरेको थियो। जसअनुसार आवेदन दिएका यी दुवै कम्पनीको वर्गीकरण पुनरावलोकन गरेको हो।
नेप्से अन्य कम्पनीहरुको वर्गीकरण भने यथावत नै राखेको छ।
यो पनि पढ्नुहोस् – नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण, कुन समूहमा कस्ता कम्पनी ? (सूचीसहित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago