काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ८.९४ प्रतिशतले बढेको छ।
कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरुमा १ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर लगानी गरेको छ। त्यस्तै कम्पनीले ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बोन्डमा पनि लगानी गरेको छ।
कम्पनीले ६ अर्ब ३९ करोड रुपैयाँ विभिन्न जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको छ।
चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ८७.७० प्रतिशतले २ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको ईपीएस ४.९६ रुपैयाँ, पीई रेसियो ५२.३८ गुणा र प्रतिसेयर नेटवर्थ १०७.२३ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago