काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन्।

मन्त्री शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा मतदान गरेका हुन्। 

शर्माले सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्।