काठमाण्डौ । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली उपलब्ध गराउने घोषणा गरेको छ। 

संघीय संसदमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने जानकारी गराएकी हुन्। 

भारतमा बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराइने नीति लिइएको छ।