शेन्चन । अग्रणी प्राविधिक ब्रान्ड ‘ओप्पो’ र ह्याकाथन विशेषज्ञ ‘ह्याकहब’को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको छ। 

अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रवर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेसन), सुदृढ कम्प्युटरिङ र निर्वाध क्रस–डिभाइस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ। आप्ेपोह्याक २०२२ मार्फत कलरओएससम्बन्धी थप नयाँ  जानकारीहरु पनि उपलब्ध गराइने छ।

प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ। 

विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाइस कनेक्सनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ। 

ओप्पोको ब्रान्ड प्रस्ताव ‘इन्पिरेसन अहेड’सँग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रवर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोगमार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतीपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ। ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ। यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ। 

ओप्पोह्याक २०२२ मा, सहभागीले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन्। यो एउटा पीसी कनेक्टजस्तै हो। जसले सहभागीको फोन र कम्पयुटरबीच सीमलेस अन्तर्क्रिया सिर्जना गर्दछ। सहभागीले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कका रुपमा सोचेर सर्वव्यापिताको एक कदम नजिक पाउन सक्नेछन्। 

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालय, २० इन्क्युबेटर र विश्वभरका ५०० भन्दा बढी व्यक्तिसँग जोडिएर भोलीको अन्तरसम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने हकाथन हो।

एक सहभागीका रुपमा तपाई जहाँ भए पनि हाम्रो हाइब्रिड मोड हकाथनले कार्यक्रममा सामेल हुन सजिलो बनाएको छ। जुनदेखि अगस्ट सम्म यसमा प्राविधिक ग्यारेजहरुको शृंखलाहरु हुनेछन्। जसले सहभागीलाई सुरु गर्न आवश्यक पर्ने उत्कृष्ट इन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ। 

फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन्। यसले सहभागीको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ। विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर हो। 

४० हजार डलरबराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नका लागि सहभागीको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागु गर्ने मौका एउटा सपना मात्र होइन। 

ओप्पोह्याकले ह्याकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ। ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट सहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ। दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ। 

फाइनल राउन्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ। मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता यउउयजबअप।अयm। मा आवेदन दिन सकिनेछ।