काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले काठमाण्डौको माइतीघरमा शुक्रबार बृहत प्रदर्शन सुरु गरेका छन्।
पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन्। आजको प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरुले ऐक्यबद्धता जनाउँदै सहभागी भएका छन्।
लगानीकर्ता बृहत भेलाले आज माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
आन्दोलनमा चौथो दिन बिहीबार दिउँसो ३ बजे भेला भएका विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुले पुँजीबजारलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएका विभिन्न नीतिगत व्यवस्थाको चर्को आलोचना गरेका थिए। उनीहरुले बजार घटेर आन्दोलन गरेको नभई नीतिगत भ्रष्टाचारविरुद्ध सडकमा उत्रिनुपरेको बताएका थिए।
गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19