काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ताहरुले आज दिउँसो सातदोबाटोमा लालटिन बालेर प्रदर्शन निकालेका छन्। 

सयौँको संख्यामा निस्केका लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नरविरुद्ध नाराबाजी गर्दै लालटिन बालेर प्रदर्शन गरेका हुन्। जुलुसले सातदोबाटो परिक्रमा गरेको थियो। 

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले विभिन्न १९ बुँदे माग राख्दै गत जेठ २० गतेबाट आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन्। सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज उनीहरुले लालटिन जुलुस निकालेका हुन्।

संघर्ष समितिका संयोजक तिलक कोइरालाले भने गत असार १ गतेदेखि खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन बसिरहेका छन्।