काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। 

नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी छन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पुनर्गठिडत मन्त्रिमण्डलमा प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्।  नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुनेछ।