काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज फेरि एक सूचना प्रकाशित गरी नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउन आग्रह गरेको छ।
नेप्सेले गत असार २ गते एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता हुन आउन आह्वान गरेको थियो। त्यतिबेला प्रकाशित सूचनामा त्यस्ता संस्था लगानीकर्तालाई १० दिनभित्र नेप्सेमा दर्ता हुन आउन आग्रह गरिएको थियो। तर सबै योग्य संस्थागत लगानीकर्ता दर्ता हुन नआएपछि नेप्सेले आज फेरि सूचना प्रकाशित गर्दै दर्ता हुन आउने आग्रह गरेको हो।
हालसम्म धितोपत्र बोर्डले १०० वटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ। तीमध्ये ५७ वटा योग्य संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता भएका छन्।
अब भने त्यस्ता संस्थागत लगानीकर्तालाई दर्ता हुन आउन नेप्से कुनै समयसीमा तोकेको छैन।
नेप्सेमा निवेदन दर्ताका लागि, नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृतिपत्र, नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेस गर्न नेप्सेले आग्रह गरेको छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago