काठमाण्डौ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।
काठमाण्डौको अनामनगरमा प्रदर्शन गर्दै युवाहरुले ‘नालायक अर्थमन्त्री राजीनामा दे’, ‘नालायक अर्थमन्त्रीलाई बर्खास्त गर’जस्ता नारा लगाएका थिए। उनीहरुले सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन्।
केही दिनयता बजेट निर्माणका क्रममा अनअधिकृत व्यक्तिको संलग्न र सीसीटीभी फुटेज मेटियो भन्दै अर्थ मन्त्रालय नदिन सक्ने जानकारी गराएको विषयमा चर्को बहस भइरहेको छ।
यी कुरा बाहिरिएपछि सत्तापक्षकै नेताहरुले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। उनीहरुले शर्माले नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्ने आवाज पनि उठाइरहेका छन्।
हिजोमात्रै नेपाल कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। उनले शर्माले राजीनामा नदिए प्रधानमन्त्रीले उनलाई हटाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19