काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ।
नेप्सेले आज असार ३१ गतेबाट लागू हुने गरी प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स (नेप्सेमा सूचीकृत नभएको) बीच बिहीबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
दुवै कम्पनीको सेयर स्वाप रेसियो १ः१ रहने सहमति भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago