काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।
सीआईटी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि सीआईटीले यही साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago