काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) लाई शाखा कार्यालय विस्तार गर्न स्वीकृति प्रदान गरेको छ। 

सेबोनले साउन ३१ गते पत्र पठाउँदै आर्यतारालाई थप २ स्थानमा शाखा विस्तार गर्न अनुमति दिएको हो। आर्यतारालाई रुपन्देहीको भैरहवा र पाल्पाको तानसेनमा शाखा विस्तार गर्न सेबोनले स्वीकृति प्रदान गरेको छ। 

ती शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वयन गर्न पनि सेबोनले आर्यातारालाई आग्रह गरेको छ।