काठमाण्डौ । ह्वाट्सएप हाम्रो दैनिक जीवनको एक हिस्सा बनिसकेको छ। यस प्लेटफर्ममा धेरै सुविधा पाइन्छ। 

उदाहरणका लागि भ्वाइस कल, भिडियो कल, एसएमएस र थप अन्य सुविधा प्रयोग गर्न पाइन्छ। प्रयोगकर्ताहरुले यस प्लेटफर्ममार्फ ठूलो संख्यामा भिडियो र फोटोहरु पनि सेअर गर्छन्। तर, धेरै प्रयोगकर्ताले यो एपमार्फत फोटोहरु पठाउँदा क्वालिटी बिग्रिएको गुनासो गर्छन्।

यदि उच्च क्वालिटीको फोटो पठाउन चाहना छ भने त्यसका लागि प्रयोगकर्ताले सेटिङका बारेमा जान्नुपर्दछ। एप विकासकर्ताहरुले भर्खरै यो सुविधा थपेका छन्। 

अहिलेसम्म ह्वाट्सएपले स्वचालित रुपमा कम गुणस्तरमा फोटो पठाउने गर्दथ्यो ता कि डाटा खपत कम हुन्छ र सन्देश छिटो डेलिभर हुन्छ। यद्यपि, अब प्रयोगकर्ताले चाहेको उच्च क्वालिटीमा फोटो पठाउन सक्नेछन्। यसका लागि सेटिङमा गएर केही परिवर्तन गर्नुपर्ने हुन्छ।

पहिले ह्वाट्सएप खोल्नुपर्छ। यहाँ माथि दिइएको तीनवटा डटमा क्लिक गर्नुपर्छ। त्यसपछि धेरै अप्सनहरु देखिनेछन्। जसमा ‘सेटिङ’ छनोट गर्नुपर्छ। 

सेटिङमा ‘स्टोरेज एन्ड डाटा’मा क्लिक गर्नुपर्छ। त्यसपछि ‘फोटो अपलोड क्लालिटी’ अप्सन देखिनेछ। त्यसमा क्लिक गर्दा एउटा नयाँ विन्डो खुल्नेछ। जसमा तीनवटा अप्सन उपलब्ध हुनेछन्। पहिलो विकल्प अटो (रिकमेन्डेड) हो। जुन डिफल्टका रुपमा सलेक्ट रहेको हुन्छ। प

त्यसबाहेक ‘डाटा सेभर’ र ‘बेस्ट क्वालिटी’ अप्सनहरु हुनेछन्। फोटोहरु अटो अप्सनमा नेटवर्क क्लालिटीअनुसार पठाइनेछ।

एपले फोनमा आउने डाटा स्पिडअनुसार फोटो पठाउनेछ। सबैभन्दा राम्रो तरिका यो विकल्प प्रयोग गर्न हो। यद्यपि, यदि राम्रो क्लालिटीमा फोटोहरु पठाउन चाहना छ भने ‘बेस्ट क्लालिटी’ अप्सन छनोट गर्न सकिनेछछ। यसमा अलि बढी डाटा खर्च हुन्छ। –एजेन्सी