काठमाण्डौ । यातायात व्यवसायीका तीन महासंघले बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध निजी क्षेत्रले गर्दै आएको विरोध कार्यक्रमहरुमा ऐक्यबद्धता जनाएको छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै अस्वाभाविक रुपमा गरिएको ब्याजदर वृद्धिसँगै संशोधित कर्जा नीतिलाई परिमार्जन गरी एकल विन्दुमा ब्याजदर कायम गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत सम्बद्ध सबै संस्थालाई आग्रह गरेका छन्।
नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा सक्रिय रहेका तीनवटै महासंघले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता ब्यवस्थापन, ब्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि राष्ट्र बैकले विशेष पहल गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण भएको जनाएका छन्।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण यसको असर विभिन्न व्यापार–व्यवसायमा देखिएको भन्दै विज्ञप्तिमा यस परिप्रेक्षमा नेपालको व्यापार–व्यवसायमा देखिएको मन्दीसंगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला परी तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट एक्कासि गरिएको कर्जाको ब्याजदरमा वृद्धि तथा चालु पुँजी कर्जा मार्गदर्शन २०७२ मा गरिएको व्यवस्थाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
नेपालको यातायात व्यवसाय र दुवानी व्यवसाय पनि उद्योग-व्यवसायसँग अन्यायोचित सम्बन्ध भएको व्यवसाय भएका कारण हाल देशव्यापी रुपमा रहेको तरलता अभावका कारण उद्योग–व्यापार व्यवसायको मन्दीका कारणले यातायात व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने ठाउँमा झनै आहात पुग्ने गरी एकपक्षीय ढंगले बैंक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरिएको ब्याजदर वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ। ‘संशोधित कर्जा नीतिका कारण सार्वजनिक यातायात, मालवाहक यातायात र ढुवानी व्यवसायीहरु पीडित हुनुपर्ने र सामान्य किसिमले मात्र सञ्चालनमा रहेको व्यवसाय अत्यन्त जटिल अवस्थामा पुगी बन्द नै गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ।
तीनै महासंघले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै जान बाध्य हुने चेतावनी पनि दिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago