काठमाण्डौ । काठमाण्डौ महानगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको छ।
काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको जानकारी गराएको हो।
खुला रुपमा आगो बाल्दा र फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने र जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने भएको त्यस्ता कार्य गर्न निषेध गरिएको महानगरले स्पष्ट पारेको छ।
त्यस्ता कार्यहरु कहीँकतै कसैले गरेमा काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19