काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ। 

इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई ‘(इक्राएनपी–आईआर)ए प्लस’मा अपग्रेड गरेको हो। 

यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। 

त्यस्ता निकायमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।