काठमाण्डौ । सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच बालुवाटारमा भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ। 

कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए। तर, बैठक कुनै सहमति हुन नसकेको हो। 

सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बालुवाटारबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल र खनाल बाहिरिएका छन्। बालुवाटारबाट बाहिरिएलगत्तै प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन्। 

‘बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका हुन्’, बालुवाटार स्रोतले भन्यो, ‘कांग्रेसले गठबन्धन टुटाएको माओवादी केन्द्रको निष्कर्ष निकालेको छ। बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन्।’