काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित ८ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री प्रचण्डसहित ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले सपथ लिएका छन्।

सपथ लिनेमा उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन्। 

यसैगरी सपथ ग्रहण गर्ने मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान छन्। उनीहरुले सम्हाल्ने मन्त्रालयले पछि तोकिने बताइएको छ।