काठमाण्डौ । देशकै जेठो महानगरपालिका काठमाण्डौले आर्थिक ऐन २०७४ निर्माण गरी करको दर निर्धारण गरेको छ । जसअनुसार अब काठमाण्डौका कुनै पनि क्षेत्रमा सवारी पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको छ । 

काठमाण्डौमा निजी कम्पनीहरुले जथाभावी पार्किंगको व्यवस्था गरी महानगरपालिकाका कर्मचारीसँग मिलेर लुट मच्चाउने गरेका खबर यसअघि सार्वजनिक भएका थिए । जनप्रतिनिधि आएपछि काठमाण्डौ महानगरले अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने प्रयास स्वरुप विभिन्न ठाउँलाई तीनवटा क्षेत्रमा विभाजन गरी पार्किङ शुल्क तोकेको हो । 

महानगरले क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखाङ्कन गरी, प्रवेश र बर्हिगमन फरक फरक हुने गरी, कुनै पनि सडकको कुल चौडाईको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी, भरसक आधुनिक प्रविधि प्रयोगमा ल्याउने गरी आफै वा निजी क्षेत्रबाट सवारी पार्किङ्ग व्यवस्थापन गर्नसक्ने ऐनमा उल्लेख छ ।

ऐन अनुसार सार्वजनिक जग्गामा सवारी पार्किङ्क व्यवसाय सञ्चालन गरेको भए लाग्ने व्यवसाय करमा पचास प्रतिशत छुट हुने व्यवस्था गरेको छ । यस्तै,  लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ्क गर्ने व्यवसायीलाई यस वर्ष व्यवसाय कर सय प्रतिशत छुट दिइनेछ । 

कुन क्षेत्रमा सवारी पार्किङ गर्दा कति शुल्क लाग्छ, हेरौं :