काठमाण्डौ। सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गतेमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोत बताउँछन्।
सत्ता गठबन्धन दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ मा सार्वजनिक बिदा दिने उल्लेख थियो।
न्यूनतम साझा कार्यक्रम सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ।
विगतमा राज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिने गरिन्थ्यो। २०६२–६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago