काठमाण्डौ । राजधानीमा आवतजावतका लागि निजी सवारी साधनको प्रयोग गर्नेहरुले अब साबिकको भन्दा बढी कर तिर्नुपर्ने भएको छ । 

कठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आर्थिक ऐन निर्माण गर्दै महानगर क्षेत्रमा गुड्ने सवारीहरुले अतिरिक्त सवारी कर तिर्नुपर्ने व्यवस्था गरेको हो । 

जसअनुसार मोटरसाइकल र स्कूटर कुदाउनले महानगरलाई वार्षिक ४ सय रुपैयाँ कर बुुझाउनुुपर्नेछ । कार, जीप, भ्यान जस्ता चार पांग्रे सवारी साधनले वार्षिक १ हजार कर तिर्नुपर्ने छ।

यस्तै, टेम्पु र ट्याक्टर वा यस्तै सवारी साधनको वार्षिक रु एक हजार, मिनि बस, मिनि ट्रक वा यस्तै चार पाङ्गे सवारी साधनको वार्षिक रु दुई हजार, ठुला बस, ट्रक वा चार पाङ्गे सवारी साधनको वार्षिक रु तिन हजार, हेभी गाडी, डोजर क्रेन वा यस्तै सवारी साधनको वार्षिक रु चार हजार सवारी कर निर्धारण गरिएको छ । 

विद्युतीय उर्जाबाट र कृषि कार्यमा सञ्चालन हुने सवारी साधनका हकमा भने तोकिएको दरमा पचास प्रतिशत छुट दिइने महानगरपले कानूनमार्फत व्यवस्था गरेको हो ।