काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल एसबिआई बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टी गरेको छ।

(इक्राएनपी–आईआर)एए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर)एलएए रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ, ‘ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन।’