काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वास मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका हुन्। प्रस्तावको विपक्षमा ८९ सांसदले मत दिएका छन् भने १ जनाले भने मत दिएनन्।
मतदानमा कुल २६२ सांसदले भाग लिएका थिए।
यसअघि गत पुस १० गते नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक गत पुस २६ गते विश्वासको मत लिएका थिए। उनले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago