काठमाण्डौ । सरकारले सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेकाहरुलाई परियोजना प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ।
तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्न सूचनामा आग्रह गरिएको छ।
परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी विभागको वेबसाइटमा उपलब्ध रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19