काठमाण्डौ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने बताइएको छ।