काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालमा प्रतिव्यक्ति विद्युत खपत दर ३५० किलोवाट घन्टा (युनिट) नाघेको छ।
गत असारसम्म ३२५ किलोवाट घन्टामात्रै रहेको यस्तो खपतदर बढेर चालु आर्थिक वर्षको फागुससम्म ३५१ युनिट पुगेको हो।
आज सार्वजनिक सरकारको आर्थिक सर्वेक्षणका अनुसार गत आर्थिक वर्षको फागुनसम्म ५ हजार ७७२ गिगावाट घन्टाबराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ हजार ७८९ गिगावाट घन्टाबराबर विद्युत खपत भएको छ।
सर्वेक्षणअनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। गत असारसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो। यस हिसाबले अझै ५ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुग्न सकेको छैन।
यसैगरी सामुदायिक संस्थाबाहेक विद्युत उपयोग गर्ने ग्राहकको संख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ। २०७९ असारसम्म यस्तो संख्या ५० लाख ६२ हजार थियो।
सामुदायिक संस्थाअन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको संख्या करिब ५ लाख ५० हजार रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago