काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरकेो छ। 

मर्जर प्रयोजनका लागि नेप्सेले असार १ गतेदेखि लागू हुने गरी आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। संस्थाले पनि जेठ २८ गते पत्र पठाउँदै नेप्सेलाई सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको थियो। 

मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि सेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी भोलि असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। डिप्रोक्सले आदर्शलाई १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो। 

आदर्शलाई गाभनेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।