काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन्। 

उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेशकुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो। 

उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गर्दै मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडि बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पुर्याउनेमा महासंघ विश्वस्त रहेको पनि बताए।