काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ। 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडासमेत समायोजन गरेको हो। प्राधिकरणले जारी गरेको नयाँ भाडा दरअनुसार सबैभन्दा बढी काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाण्डौ–धनगढीको नयाँ फ्युल सरचार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ । यसअघि यस गन्तव्यको फ्युल सरचार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो। 

यसैगरी सबैभन्दा कम काठमाण्डौ–सिमराको फ्युल सरचार्ज ९० रुपैयाँले घट्न पुगेको छ। यसअघि काठमाण्डौ–सिमरा सरचार्ज १ हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै १ हजार ३५० रुपैयाँ कायम भएको छ।