काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको हो। उनलाई उपचारार्थ नर्भिक इन्टरनेसनल हस्पिटलमा लगिएको छ।

अहिले दाहालको नर्भिकको इमर्जेन्सीमा उपचार भइरहेको अस्पताल स्रोतले बतायो। अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत छन्।