काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको छ। 

लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको थियो। उनलाई उपचारार्थ बिहान ८ बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएको थियो। 

नर्भिकको इमर्जेन्सीमा उपचारकै क्रममा बिहान ८ः३३ बजे दाहालको अस्पतालमा निधन भएको हो। हृदयघातका कारण उनको निधन भएको अस्पतालका चिकित्सकले बताएका छन्।