काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कर तथा राजस्व समितिमा १८ जनाको नाम सिफारिस गरिएको छ।
समितिमा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा १८ सदस्यीय नामावली सिफारिस गरिएको हो। समितिको उपसभापतिहरुमा कार्यकारिणी समिति सदस्यद्वारा उज्ज्वल कसजू र उज्ज्वल श्रेष्ठ, पूर्वकार्यकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठको नाम सिफारिस गरिएको छ।
यसैगरी समितिको सदस्यमा नेपालगन्ज उवासंघका पूर्वअध्यक्ष नन्दलाल वैद्य, काभ्रे उवासंघका निवर्तमान अध्यक्ष प्रकाश मानन्धर, कोहलपुर उवासंघका निवर्तमान अध्यक्ष चक्रबहादुर अधिकारी, अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेलको नाम सिफारिस गरिएको छ।
समितिको आमन्त्रित सदस्यमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजकुमार न्यौपाने, नेपाल फ्रन्ट फरवार्डर्स एसोसिएसनका उपाध्यक्ष नरेश अग्रवाल, ए बंशल एन्ड एसोसिएट्सका प्रोप्राइटर अश्विनी बंशल, इन्भेस्ट केयरका निर्देशक राजन लम्साल र ओपल सेक्युरिटिजका सुमन गौतमको नाम सिफारिस गरिएको छ।
पूर्वअर्थसचिव डा शंकर अधिकारी, एसआर पाण्डे एन्ड कम्पनीका लेखापरीक्षक सुदर्शनराज पाण्डे, महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय सुनिल गोपाल श्रेष्ठ र कृष्णलाल महर्जनको नाम समितिको सल्लाहकारमा सिफारिस गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19