काठमाण्डौ । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट करिब २ अर्ब ६२ करोड रुपैयाँबराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले उक्त निर्णय गरेको जानकारी गराएकी हुन्।
सरकारले काठमाण्डौ–तराई मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले कमला–ढल्केबर–पथलैया सडकखण्ड स्तरोन्नतिका लागि सडक सीमाभित्र पर्ने घर र टहरालगायत संरचनाको क्षतिपूर्ति दिएर हटाउन स्वीकृति दिने निर्णयसमेत गरेको छ।
सरकारले वैशाख ५ गते उपप्रधान एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ।
यीसँगै मन्त्रिपरिषद्को बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19