काठमाण्डौ । अब काठमाण्डौ महानगरपालिकाभित्र रहेका टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको छ। 

काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुन आउन आह्वान गरेको हो।

महानगर क्षेत्रभित्र जथाभावी खुलेका टिकटक बुकिङ काउन्टरहरुलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बउनान उपत्यकाबाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनका लागि तोकिएको मापदण्डअनुरुपको टिकट बुकिङ कार्यालय व्यावसायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्य रुपमादर्ता गर्न सूचित गरिएको छ।

यो सूचनाको बेवास्ता गरी आफूखुसी काठमाण्डौ महानगरभित्र टिकट बुकिङ कार्यालय तथा काउन्टर खोलेको वा सञ्चालन गरेको पाइएमा आउँदो भदौ १ गतेदेखि हटाइने पनि महानगरले चेतावनी दिएको छ।