काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा भोलि शनिबार विद्युत् आपूर्ति सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गरी लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाण्डौका विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध हुन लागेको जानकारी गराएको हो।
स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यसका साथै टेकु, बालाजु, केटु र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19