काठमाण्डौ । माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ। 

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।