काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । 

नेपाल राष्ट्र बैंकको सहकार्यमा संघको सभाहलमा आयोजित कार्यक्रममा  सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका उपनिर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिएका थिए । सो क्रममा उनले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ कर्जा, कर्जाको दुरुपयोग गर्दा आइपर्ने समस्या, बेस रेट र प्रिमियर रेट बारे जानकारी दिएका थिए  ।

उनले  राष्ट्र बैंकको स्वीकृतिमा बचत तथा कर्जा कारोबारका लागि स्थापित बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत प्रकाश पारेका थिए ।
विद्युतीय भुक्तानीको बारेमा स्पष्ट पार्दै उनले वित्तीय ठगीबाट बच्ने उपायहरुको बारेमा पनि जानकारी दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले वित्तीय साक्षरता कार्यक्रमबाट सहभागी विद्यार्थीहरु लाभान्वित हुने विश्वास लिएको बताए । 
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाईंलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न क्याम्पसका  ७२ जना विद्यार्थी
को सहभागिता थियो ।