काठमाण्डौ । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ ।
इक्रा नेपालका अनुसार सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।
सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बताएको छ ।चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ ।
पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि सेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ । चेस्कोले इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन र मर्मत, वातावरणीय अध्ययन तथा आयोजनाको लागि विभिन्न सेवाहरू दिंदै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19