काठमाण्डौ । काठमाण्डौमा घरजग्गाको कारोबार बढेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को असोजमा काठमाण्डौ उपत्यकामा २ हजार ३१५ संख्यामा घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा समीक्षा अवधिमा ४ प्रतिशतले घरजग्गा कारोबार बढेको हो। अघिल्लो वर्ष असोजमा १ हजार ५९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो।

गत भदौमा भने १ हजार ९५० संख्यामा घरजग्गा कारोबार भएको थियो। यो हिसाबले असोजमा भदौको तुलनामा १८ प्रतिशतले घरजग्गाको कारोबार बढेको छ। 

गत साउनको तुलनामा भदौमा पनि १० प्रतिशतले घरजग्गा कारोबार बढेको थियो। विभागका अनुसार साउनमा १ हजार ७६० संख्यामा घरजग्गा कारोबार थियो।

त्यसो त जग्गाको कित्ताकाट पनि बढेको विभागले तथ्यांकले देखाएको छ। विभागका अनुसार भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको हो। भदौमा ५३२ संख्यामा जग्गा कित्ताकाट भएको थियो। असोजमा बढेर यो संख्या ७१५ पुगेको छ।