काठमाण्डौ। बागमती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। 

शुक्रबार मध्यरातमा गएको शक्तिशाली भूकम्पबाट पीडित जाजरकोट र रुकुम पश्चिमका जनतालाई राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालीन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेका हुन्। आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने उनको भनाइ छ। 

यसैबीच नेपाली कांग्रेसले पनि जाजरकोट भूकम्पपीतिको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ।

कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन्।