काठमाण्डौ । सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त ६५ करोड अनुदान स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जानकारी अनुसार सो बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय भएको छ । थप हुने जनशक्तिमा राप द्धितीय श्रेणी, सरकारी वकिल, राप द्धितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायव उपरीक्षक र राप तृतीय डाटा एनाइलाइटिस्ट रहने छन् ।
त्यस्तै, बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19