काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार करिब २८ अंकले बढेको छ।

बजारमा यो दिन करिब ७२ अंकको उत्तारचढाव रह्यो । कारोबार पनि करिब ६ महिनापछि अर्थात् असार १७ गतेपछि यो दिन ५ अर्ब रुपैयाँको कारोबार भएको छ । त्यसैगरि, लामो समयपछि आज बजार २ हजारको विन्दुमाथि बन्द भएको छ भने न्यून विन्दुबाट बजार २०० अंकले बढिसकेको छ । 

प्राविधिक रुपमा हालको बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा बुल यात्रा तय गर्दै गरेको देखिन्छ । बोलिङगर ब्यान्डबाट हालको बजारलाई नियाल्दा मूल्य रेखाहरु अपर ब्यान्डसँगैै हिंड्न खोजेको देखिन्छ । यो दिन एक किसिमको तल लामो धागोसहितको क्यान्डल बनेको छ भने यसअघिको क्यान्डलहरुलाई पनि कभर गरेको छ ।

डेली बेसमा नै म्याक्डीमार्फत् हेर्दा बजार बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा लामा हुँदै गएका छन् । आरएसआईमार्फत् हेर्दा भने बजार ओभर बट जोन ७१ को तहमा बजार पुगिसकेको छ ।

तर बुलिस बजारमा बजार लामो समय ओभर बट जोनमा रहन पनि सक्छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजारमा अझै केहि समय पैसाको फ्लो बढ्न सक्ने देखिन्छ ।

किनकि यस्तो इन्डेक्स हाल ६६ को तहमा छ भने बढ्दा ९० सम्म पुग्न सक्छ । पिभटमार्फत् अबको नजिकको प्रतिरोध हेर्दा क्रमश : २०५२,२११० र २२०३ विन्दुमा लिन सक्छ । घटेमा भने बजारले क्रमश : २००, १९६० र १९०१ विन्दुमा सपोर्ट लिन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस होइन ।)