काठमाण्डौ । चन्द्रागिरि हिल्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष पनि सेयरधनीका हात खाली बनाएको हो ।
साथै सोही बैठकले १४ औ वार्षिक साधारणसभा बोलाउने निर्णय पनि गरेको छ।
कम्पनीले आगामी पुस २४ गते चन्द्रागिरि हिल्सको कार्यालयमा साधारणसभा बोलाएको छ।
सभामा लेखापरिक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबसहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस १३ गते बुकक्लोज गर्ने भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19