काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ६५ हजार ६५२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकले आज(पुस २२ गते)देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले अर्को एक सूचना जारी गर्दै बोलकबोलमा आवेदन नपरेको १ हजार २०७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि इच्छुक आवेदकले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।
सेयरको बिक्री मूल्य र कित्ताका बारेमा कम्पनी सचिवको कार्यालयबाट जानकारी लिन सकिने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago